काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका छन । फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले त्यही दिन ३ सदस्यिय मन्त्रीमण्डलको गठन गरेका थिए ।
उनले आज एमालेका २ र माओवादी केन्द्रका २ गरी चारजना मन्त्री थपेका हुन । एमालेबाट इश्वर पोख्रेल रक्षामन्त्री बनेका छन भने युवराज खतिवडा – अर्थमन्त्री अर्थमन्त्री बनका छन एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनित अर्थमन्त्री खतिवडालाई सर्बोच्च अदालतले शपथ खानको लागि रोक लगाएको छ ।उनी राष्ट्रियसभा सदस्य नरहेपनि संविधानले उनलाई मन्त्री बन्नको लागि भने रोकेको छैन् ।
मन्त्री भएको ६ महिनाभित्रमा सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले उनी मन्त्री भएका हुन ।
यसैगरि माओवादी केन्द्रबाट रामबहादुर थापा गृहमन्त्री,मातृका यादव – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन ।यसअघि एमालेका लालबाबु पण्डित वातावरण तथा जनसंख्या र थममाया थापा बालबालिका तथा सामाजिक कल्याण मन्त्रीमा नियुक्त भैसकेका छन ।
प्रतिक्रिया