टिकापुर। प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कैलाी टिकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीले जिल्ला अदालत कैलालीमा आत्म सर्मपण गरेका छन् ।
टिकापुर घटनाका मुख्य आरोपी चौधरी प्रहरीको फरार सूचीमा रहेको थियो । प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नं १ बाट उनी करिव ३४ हजार ३४१ मतसहित विजयी भएको थियो ।
उनले वाम गठबन्धका साझा उम्मेदवार मदन कुमारी शाहलाई पराजित गरेका हुन । चुनाव जितेपछि उनले आफुलाई नेपालको कानुनले अन्याय गरेपनि नेपाली जनताले न्याय दिलाएको प्रतिकृया दिदै आएका थिए । उनले प्रहरीलाई पक्रेर देखाउन पनि चुनौती दिदै आएका थिए । यता नेपाल प्रहरीले पनि अभियूक्तलाई खोजेर गिरफ्तार गरेरै छाड्ने दावी गर्दै आएका थिए । तर उनी छिमेकी मुलुक भारतमा लुकेर बस्दै अँएका थिए ।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो घटनाका मुख्य योजनाकार रेशम नै रहेको प्रहरीले पुष्टि गरेका छन् ।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवेज्ञा गर्दै टिकापुरको चारैतिरबाट हजारौँको संख्यामा आएका थरुहट, मधेशीदल पक्षधरहरुबीच भएको झडपमा बरिष्ठ प्रहरी उपरिक्षक (एस.एस.पी.) लक्ष्मण न्यौपाने, नेपाल प्रहरी निरिक्षकद्धय बलराम बिष्ट, केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्दको मृत्यु भएका थिए । त्यसैगरी शसस्त्र प्रहरी हवल्दार राम बिहारी चौधरी, ललित साउँद र नेत्र बहादुर साउँदका २ बर्षिय छोरा टेक बहादुर साउँदको पनि ज्यान गएका थिए । अहिले टिकापुरमा हत्या गरेको आरोपमा २८ जनालाई कर्तब्य जानको मुद्धा चलाईएको छ ।
प्रतिक्रिया