एजेन्सी । सिरियामा चलिरहेको युद्ध रोक्ने उदेश्यले प्रश्ताव गरिएको ३० दिने युद्धविराममा संयुक्त राष्ट्रसंघमा सहमति बनेको छ ।संयुक्त राष्ट्रसंघ सुरक्षा सुरक्षा परिषद् बैठकमा ३० दिने युद्ध विराम प्रश्तावमा सहमति जुटेको हो । यो प्रश्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।
सुरक्षा परिषद्का सबै १५ सदस्य राष्ट्रले प्रभावित क्षेत्रमा मानविय सहायता सामग्री तथा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने बाटोको रुपमा रहेको युद्धविरामको पक्षमा मत दिएका हुन् ।
यो हप्ताको सुरुदेखी सिरिया सरकारले राजधानी दमासकसको बाहिरी क्षेत्रमा रहेको विद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा कारबाही अभियान चलाएको छ ।
प्रतिक्रिया