देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजदूत बन्न कम्तीमा स्नातकोत्तरको योग्यता र उमेरहद तोकिँदै

देशान्तर

काठमाडौं । सरकारले अब राजदूत बन्नका लागि कम्तीमा एउटा विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोक्ने तयारी थालेको छ । परराष्ट्र ऐनमै राजदूतको न्यूनतम शैक्षिक योग्यता, उमेर र कूटनीतिक अनुभवबारे पनि किटान गरिने गरी मस्यौदा बनाइएको छ । त्यसअनुसार ४० वर्ष उमेर पूरा गरेको र कूटनीतिको ज्ञान भएको, परराष्ट्र मामिला अध्ययन गरेको वा कुनै दलको विदेश विभागमा लामो समय काम गरेकोलगायत मापदण्ड बनाइँदै छ । प्रस्तावित मस्यौदामा राजनीतिक नियुक्ति पाउने राजदूतबारे मात्रै नभई करिअर डिप्लोम्याटको पनि योग्यताबारे पनि किटान गरिँदै छ ।

परराष्ट्र सेवाबाट राजदूत बन्नका लागि कम्तीमा चार वर्ष महाशाखा प्रमुख वा नियोग उपप्रमुख भएको हुनुपर्ने व्यवस्था गरिँदै छ । यसअघि राजदूत हुनका लागि कुनै योग्यता र उमेरको हद तोकिएको थिएन । अंग्रेजी वा अन्य भाषाको मात्र होइन नेपालीमा राम्रोसँग लेख्न नसक्ने र कूटनीतिको शिष्टतासमेत नबुझेकाहरू पनि राजदूत भएपछि सरकारले योग्यता तोक्न लागेको हो । सरकारले यतिबेला १२ मुलुकमा राजनीतिक दलको कोटाबाट राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउँदै छ ।

राजदूत नियुक्तिसम्बन्धी छुट्टै कानुन वा मापदण्ड नभएकाले परराष्ट्र मन्त्रालयले ल्याउन लागेको ऐनमा त्यो व्यवस्था गर्ने तयारी भएको एक अधिकारीले बताए । हरेक मन्त्री आउँदैपिच्छे आफूअनुकूलको मापदण्ड बनाउने, प्रधानमन्त्री कार्यालयले छुट्टै मापदण्ड बनाउने गरिएकोमा अहिले मन्त्रालयले स्थायी समाधान भन्दै ऐन ल्याएर सबैलाई बाँध्ने योजना बनाएको हो । मस्यौदामा सेवा निवृत्त हुने उमेर र भाषाबारे भने अझै टुंगो लगाइएको छैन । त्यस्तै परराष्ट्र मन्त्रालयभित्रका सहसचिव महाशाखामा बस्नुपर्ने योग्यताको विषयमा पनि छलफल भइरहेको छ । कान्तिपुर दैनिकमा समाचार छ  । 

]]>