काठमाडौं । चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षको उमेरमा शनिबार राति युएईमा हृदयाघातबाट उनको निधन भएको जनाइएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार वैवाहिक समारोहका लागि युएईमा पुगेका बेला हृदयघात भएर उनको निधन भएको हो। श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज, इंग्लिस विंग्लिस लगायत ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी थिइन्।
उनले मलयालम र मे तेलुगु चलचित्रमा बाल कलाकारका रुपमा अभिनय गरेकी थिइन्। श्रीदेवी सन् १९७५ को जुली फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा अभिनय गरेकी थिइन्। ५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग आइतबार विवाह कार्यक्रममा सहभागी हुन दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक निधनको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् ।
श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड र मलायमी फिल्ममा पनि काम गरेकी छिन् । सन् २०१२ का उनले इंगिलश–विंगलिशमार्फत बलिउडमा कमब्याक गरेकी थिइन् ।
प्रतिक्रिया