देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवालाई उत्पादनमुलक कार्यमा लगाउनपर्छ

देशान्तर

काठमाडौं । ०५२ सालमा बृद्ध भत्ताको व्यवस्था गरेर निकै चर्चा कमाएको तत्कालिन एमाले नेतृत्वको सरकारले राम्रै जनसमर्थन पाएको थियो । त्यसलाई एमालेले अहिलेसम्म पनि चुनावी मसला बनाईरहेको छ ।

चौथौ पटक प्रधानमन्त्रीका कार्यकाल सम्हालको शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षमै बृद्ध भत्ता दिने निर्णय ग¥यो ।

त्यस निर्णयको आलोचना र स्वागत पनि भयो । देउवा सरकारले गरेको निर्णयको केही समय लगतै सत्तामा पुगेको बामगठबन्धनको सरकारले बेरोजगार युवाहरुलाई ५ हजार भत्ता बाँड्ने चर्चा शुरु भएको छ । पहिलो पटक संघीयता अभ्यास गरिरहेको गरिब देश नेपाललाई संघीय संरचना विस्तारमै आर्थीक व्ययभार बढीरहेको अवस्थमा बेरोजगार युवालाई ५ हजार दिने चर्चाको विरोध हुन लागेको छ ।

बेरोजगारी भत्ता संसारकै नौलो विषय भने हैन । विकसित देशहरुले बेरोजगार युवाहरुलाई बेरोजगार भत्ताको व्यवस्था गरेको छ । तर युवालाई भत्ता भन्दा पनि उत्पादनमुलक कार्यमा जोड दिनु पर्ने आवाज उठ्न थालेको छ ।

भत्ता दिदैमा युवा आत्मनिर्भर नहुने भएकोले यो सरकारको क्षणिक सस्तो लोकप्रियताका लागि गर्ने निर्णय मात्र भएको बताउँछन् राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघका सुरक्षा संयोजक एवं कार्यक्रम संयोजक राजकुमार बस्नेत । नेपाल कृषि प्रधान देश भएकोले युवाहरुलाई सहुलियतमा ऋण उपलब्ध गराएर उत्पादन मुलक कार्यमा लागउनु पर्ने उनको तर्क छ ।

बढ्दो बेरोजगारी नियन्त्रण र सामाजिक रुपान्तरणका लागि कृषिमा क्रान्तिको आवश्यक रहेको उनले बताए । राष्ट्रिय पीडित उद्धार परामर्श तथा साँस्कृतिक युवा समाज तथा नो ग्रुप सेक्युरेटी सर्भिस प्रालिका प्रमुख संचालक समेत रहेका बस्नेतले ५ हजार भत्ताले देशलाई सम्मृद्धिमा नपु¥याउने तर्क गर्दै उनीहरुलाई व्यवसायमार्फत मासिक तीन लाख आर्जन गर्न सक्ने बनाउनुपर्ने बताए ।

मुलुृकको सम्मृद्धिको लागि पानी र जवानीलाई स्वदेशमै रोक्नुपर्नेमा जोड दिदै प्रमुख संचालक बस्नेतले वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेश फर्काउनु पर्ने बताए । विदेशमा श्रमिक बेच्नु छाडेर, त्यही श्रमिकलाई नेपालमै श्रममा लगाई उनीहरुबाट उत्पादित सामान बेच्ने लक्ष्य र उदेश्य हाम्रो छ, बस्नेतले भने ।

अमेरिका, चीन लगायतका देशहरु स्वदेशमै युवाहरुलाई उत्पादनमुलक कार्यमा जोड दिएका कारण आज विश्वको पहिलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको भन्दै उनले कृषिमा युवाहरुको प्रत्यक्ष संलग्नता सहितको क्रान्ति आवश्यक रहेको तर्क गरे ।

पछिल्लो समय ग्रामिण भेगमा खेती योग्य जमिन बाँजो राख्नेको संख्या बढेको र त्यस्तो जमिनमा सरकारले लगानि गरेर उन्नत जातको फलफूल र बोट विरुवा लगाउन युवालाई प्रयोग गर्नु पर्ने राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघका अध्यक्ष विष्णु विक्रम खत्रीको भनाई छ । युवालाई स्वदेशमै रोकेर कृषि क्रान्ति गर्न सके मुलुक कायपलट हुन समय नलाग्ने उनले बताए ।

समाजमा रहेका विकृति र विसंगतिलाई रोक्दै सामाजिक रुपान्तरणका लागि युवा बिना संभव नहुने उनको दाबी थियो । राष्ट्रिय पीडित उद्धार परामर्श तथा संस्कृतिक युवा समाज र नो ग्रुप सेक्युरेटी सर्भिस प्रालि र राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघले विगत एक दशक देखि सामाजिक क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै आएको छ ।

बागमति सरसफाई अभियान देखि गमलामा कौशी खेती अभियानको शुरुवात गरेका यी संस्थाहरु अहिले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि क्रियाशील रहेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गरिरहेको र अहिले पनि विभिन्न विद्यालयमा गरी तीन सय विद्यार्थिहरु निशुल्क पठनपाठन गरिरहेको उनीहरुको दाबी छ ।

यस संस्थाहरुले सहकार्यमा समाजमा हुने विभिन्न अपराधिक गतिविधि रोक्न सडक गस्ति देखि लिएर अनाथ बालबालिकालाई बालआश्रममा राख्ने काम गर्दै आएका छन् ।

बृद्ध भत्ता, एकल महिला भत्ता अन्यमा आफुहरुको कुनै विरोध नभएको तर युवा जस्तो क्रिायशील समूहलाई भत्ता दिएर सरकारले निश्क्रिय बनाउने काम गरेको भन्दै यो उचित नभएको बताए ।

निशुल्क सीपको व्यवस्था गरेर स्वदेशमै लगानिको व्यवस्था सृजना गरी उत्पादनमुलक कार्यमा युवालाई लागउुन पर्ने उनीहरुको जोड छ ।