देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एउटै मञ्चमा एसपी र मोस्ट वान्टेड अभियुक्त

देशान्तर

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त नसिमअहमद खाँले जिल्लाका सुरक्षा अधिकारीसँग मञ्चमा एक घण्टा बिताए। प्रजिअ र एसपीले त्यसको चालै पाएनन्। केही दिनअघि हाजिर भएका दुवैले भेउ नपाएका हुन्। कार्यक्रम चलिरहेका बेला कुनै सहभागीले खाँलाई पक्राउ पर्न सक्ने भन्दै एसएमएस पठाए। त्यसपछि उनी माइक खोसेर आफूलाई बचाउन भाषण गरेर त्यहाँबाट कुलेलम ठोके।

जिल्लाको सिमानास्थित पिपरा गाविसलाई खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रममा यस्तो भएको हो। कार्यक्रममा प्रजिअ विष्णुप्रसाद ढकाल, एसपी भोजजंग शाह, सशस्त्रका एसपी सुदेशकुमार गुरुङ, सभासद अतहर कमाल र पूर्वमन्त्री दानबहादुर चौधरी लगायत सहभागी थिए। अदालतले जेल सजाय र जरिवाना तोकेका खाँ पनि कार्यक्रममा आए। एमालेका तर्फबाट अतिथि आसन ग्रहण गरे। माला लगाएर रमाए। उनले एमालेका तर्फबाट आसन ग्रहण गर्दा सभासद कमाल र पूर्वमन्त्री चौधरी अचम्ममा परेका थिए।

कार्यक्रममा सदरमुकामबाट गएका दलका नेता र गाविसका प्रतिनिधिसमेत थिए। कार्यक्रमको जलपान समिति संयोजक रहेका खाँले सबैका अघि माइक खोस्दा तनाव भयो। तीन दिनअघि आएका प्रजिअ र एसपी अलमलमा परे। खाँ भने दौडदै सीमापारि भारत पुगे। गाडी चढेर एकैछिनमा फरार भए। खाँमाथि थुप्रै अभियोग छन्। २०६५ मा संदीपकुमार गुप्ताको जाहेरीको डाँका मुद्दामा जिल्ला अदालतले ६ महिना कैद र १ लाख ९१ हजार जरिवाना फैसला गरेको छ। २०६२ मा तत्कालीन माओवादी नेता प्रेम परियारको हत्या र त्यसै वर्ष जिविसका अधिकृत निरञ्जन पौडेलको अपहरण अभियोग पनि उनीमाथि छ।

त्यस्तै ०६५ मा पिपरा गाविस सचिव राममिलनप्रसाद गुप्ताको हत्या र ०६६ मा अकालमती कोहारको हत्या गरेको अभियोग छ। ०६७ मा माओवादी अवध राज्य समिति इन्चार्ज राजेन्द्र तिवारीको हत्या र पुरुषोत्तमपुरमा मजदुर ज्ञानबहादुर सुनारको हत्या अभियोग पनि उनीमाथि छ। उनीविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा चलिरहेका छन्। डाँका, हत्या र चोरीका घटनामा संलग्नताको थुप्रै अभियोग उनीमाथि छन्। सुरुमा नेपाली कांग्रेस, त्यसपछि भूमिगत सशस्त्र संगठन हुँदै अहिले खाँ एमालेमा प्रवेश गरेका छन्। उनले स्थानीय प्रशासनसमक्ष दुई पटक हतियार बुझाएका थिए। कान्तिपुर दैनिकमा समाचार छ । 

]]>