एजेन्सी । नाइजेरियाको डाप्चीमा सोमबारदेखि विद्यालयबाट हराएका छात्राहरु नभेटिएपछि अभिभावकहरुले सरकारी अधिकारीप्रति आक्रोश व्यक्त गरेका हुन् ।
बुधबारकै दिन सेनाले बोकोहरामबाट ७६ छात्राहरुको उद्धार गरिसकेको खबर सार्वजनिक भएपछि मानिसहरुले बाटोमै उत्सव मनाएको स्थानीय सञ्चार माध्यमले बताएका थिए ।तर अर्को दिन फेरि सरकारले सुरक्षाकर्मीबाट पाएको सो खबर गलत भएको बताउँदा सम्पूर्ण नागरिकहरुले विरोध जनाएका छन।
यस्तै सोमबारको घटनामा उनीहरुको समूह ट्रकका साथ विद्यालय प्रवेश गरि हमला गरेपछि सयौँ छात्राहरुबीच भागाभाग भएको बताइएको छ ।
बुधबार मात्र एक प्रत्यक्षदर्शीले रोयटर्ससँग रुँदै गरेका छात्राहरुलाई तीनवटा ट्रकमा हालेर लगिएको बताए ।
प्रतिक्रिया