देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कार्यालय सहित १८ मन्त्रालय कायम गर्ने सरकारको निर्णय

देशान्तर

काठमाडौं ।  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय राख्ने निर्णय गरेको छ । यसअघि मन्त्रालयको संख्या ३० वटा रहेको थियो । आज बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या घटाएर १७ वटामा सिमीत पारेको बातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
सरकारले १७ मन्त्रालय कायम गरेपछि मन्त्रालयका सचिवहरु अन्यौलमा परेका छन । मन्त्रालयको सख्या घटेपछि एक दर्जन सचिव जिम्मेवारी विहिन भएका छन । जिम्मेवारी विहिन सचिवहरुलाई व्यवस्थापन गर्नेे तयारी सरकारले गर्न लागेको मन्त्री पण्डितले बताए । २५ सदस्य मन्त्रिपरिषद गठन गर्न सकिने संवैधानिक व्यवस्था छ ।
यसैगरी आजको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पण्डितले बताए ।