एजेन्सी उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलिम्पिकस्को समापन समारोहमा गुप्तचर निकायका प्रमुख जनरल मिम योङ चोललाई पठाउने भएको छ ।जनरल चोललाई दक्षिण कोरियाविरुद्ध विभिन्न आक्रमणहरू गराएको आरोप लाग्ने गरेको छ ।
शीतकालीन ओलम्पिक्स्मा चोलको सहभागितालाई दुई कोरियाबीचको तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताइएको छ ।यद्यपि, उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय समुदायमा आफ्नो छवि सुधार्ने प्रयास गरेकोसमेत विश्लेषण गरिएको छ । दक्षिण कोरियालले उत्तरको पछिल्लो कदमको प्रशंसा गरेको छ ।
सो ओलम्पिकस् समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काले अमेरिकी प्रतिनिधिमन्डलको नेतृत्व गर्ने बताइएको छ ।ओलिम्पिक्स् उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ र त्यहाँका आलंककारिक राष्ट्रपतिले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया