देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओाबादीबाट सरकारमा जाने मन्त्री टंगो लाग्ने सम्भावना आज पनि न्यून

देशान्तर

काठमाडौं ।   एमाले अध्यक्ष्ँ केपी ओली नेतृत्व गरेको सरकारलाई समर्थन गरेको माओबादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्री टुंगो लगाउन नसक्दा शुक्रबार पनि मन्त्रिपरिषद् विस्तार सम्भावना न्यून रहेको हो ।
मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष्ँ पुष्पकमल दाहाल,बरिष्ठ नेताद्धय नारायणकाजी श्रेष्ठ र राम बहादुर थापा यी शीर्ष तीन नेतालाई दिएको थियो बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीको टंगो लगाउने सम्भावना न्यून रहेको पार्टी नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा छलफल भए पनि आज टंगो लाग्ने सम्भावना कम भएको श्रेष्ठले बताएका छन । पुराना र नयाँ पहिला राम्रो कार्यसम्पादन गरेकालार्ई मन्त्री बनाउने माओवादीले निर्यण गरेको उहाँको भनाई थियो । एमालेसँगको भागबन्डामा ७ मन्त्रालय पाएको माओवादीमा दर्जन बढी नेताले आकांक्षा राखेपछि मन्त्रीको नाम टुंगो लगाउन ढिला भएको हो।