एजेन्सी: कारागारबाट भर्खरै छाडिएका पेरुका पूर्व–राष्ट्रपति अल्बेर्टो फूजीमोरीलाई सन् १९९२ मा ६ जना किसानलाई मारेको मुद्दामा फेरि अदालतमा उपस्थित हुन आदेश दिइएको बीबीसीले जनाएको छ ।
मानव अधिकारको उल्लङ्घन र भष्ट्राचार गरेको आरोपमा २५ वर्षको जेल सजाय पाएका उनलाई झण्डै एक महिना अघि कारगारबाट छाडिएको थियो । ७९ वर्षीय फूजीमोरीलाई गएको जनावरीमा कारगारबाट मुक्त गरिएको थियो भने क्रिस्मस डे मा उनलाई क्षमा दिइएको थियो ।
पेरुको राजधानी लिमाको एक अदालतले उनलाई नयाँ मुद्दाको सामना गर्न पुनः अदालतमा हाजिर हुन आदेश दिएको छ ।
प्रतिक्रिया