देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमलेखगन्ज रक्सोल पेट्रोलियम पाइपलाइनको निमार्णकार्य अघि बढ्यो

देशान्तर

अमलेखगन्ज   :       रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणकार्य अघि बढेको छ ।पाइप र प्राविधिक उपकरण भित्रिन थालेपछि पाइपलाइन निर्माणको काम अघि बढेको हो । नेपाल आयल निगमले बाराको पथलैयादेखि पाइप पिछ्याउने काम तत्काल शुरु हुने जनाएको छ ।

यो पाइपलाइन भारतीय सीमावर्ती शहर रक्सोलदेखि बाराको अमलेखगन्जसम्म ३६.२०६ किलोमिटर लामो हुनेछ । वीरगन्जको शंकराचार्य गेटबाट वीरगन्जकै गण्डक नहरसम्म बाईपास सडकको दायाँ भागबाट र त्यसपछि त्रिभुवन राजपथको गण्डक–अमलेखगन्ज खण्डमा सडकको बायाँ भागबाट पाइपलाइन निर्माण गर्न लागिएको हो ।

सडकको २५ मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गर्न लागिएकाले मुआब्जा लगायतका अन्य अवरोध नहुने निगमले जनाएको छ । साढे तीन सय करोड भारतीय रुपैयाँमा निर्माण हुन लागेको पाइपलाइनमा भारतीय पक्षले २ सय करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।