कास्की, कास्कीको पोखरा लेखनाथ नगरपालिकाको विजयपुरमा भएको बम विष्फोटमा परेर २ जना घाइते भएका छन् ।घाइते हुनेमा एक पत्रकार र एक जना प्रहरी रहेका प्रहरीले जनाएको छ । घाइते पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्द आह्वान गरेका कारण उसैले बम राखेको हुन सक्ने आशंका छ । कास्कीका नागढुंगा र विजयपुरमा बम राखिएको थियो ।
नागढुंगाको बम नेपाली सेनाले निस्कृय पारे पनि विजयपुरको बम भने निस्कृय पार्नुअघि नै विस्फोट भएको हो ।
प्रतिक्रिया