काठमाडौं, पूर्वप्रधानन्यायाधिश शुशिला कार्कीले सरकारले बलात्कारीको संरक्षण गरेको आरोप लगाएकी छन । सरकारकै संरक्षणमा मुलकमा पछिल्लो समयमा बलात्कारका घटनाहरु बृद्धी हुदै गएको कार्कीले बताएकी छन ।
उनले बलात्कार जस्तो गम्भिर मुद्धालाई प्रहरी प्रसाशनले पैसाका भरमा मिलाउने गरेको बताईन् । जघन्य अपराधमा प्रहरीले मोलमलाइ गरेर मिलापत्र गराउन चलखेल गर्दै आएको भन्दै कार्कीले आपत्ती जनाइन ।
सोमबार ‘मानव अधिकार वर्ष पुस्तक २०१८’ को विमोचन गर्दै उनले न्यायका लागि पहलकदमी लिन पनि पीडितहरुलाई आग्रह गरेकी छन । राज्य आर्दश भए मानव अधिकारको क्षेत्रमा देखिएको समस्या आफै समाधान भएर जाने भनाई थियो ।
प्रतिक्रिया