एजेन्सी: रूसको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै जना महिला रहेको अधिकारीहरुले जनाएका छन् । घटनामा ४ जना महिला सहित २ जना प्रहरी अधिकारी पनि घाइते भएको त्याहाँको गृहमन्त्रालयले जनाएको छ ।
कट्टरपन्थी इस्लामिक आतंकवादीले चर्चमा गोली चलाएको मन्त्रालयले दाबी गरेको छ । मुस्लिम बाहुल्य क्षेत्र रहेको इलाकामा स्थानीय एक मुस्लिम युवकले गोली चलाएको अधिकारीले बताएका छन् । अन्धाधुन्द गोली चलाउने युवकको प्रहरीको जवाफि कारवाहीमा मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।
प्रतिक्रिया