संखुवासभा । संखुवासभाको जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा सोमबार एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएसंखुवासभा छ।
करिब ५० वर्षीया टीकादेवी शंकर र २० वर्षीया मनिषा बिकको माटोले पुरिएर मृत्यु भएको हो। मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ।
प्रतिक्रिया