काठमाडौं, प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।
बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सत्यताको उजागर गर्नका लागि विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यताका प्रतिक रहेको बताउनुभएको हो ।
उहाँले समाजमा आफूलाई अहम र ठूलो ठान्नेहरु नै असभ्यताको खेति गरिरहेको बताउनुभयो । प्रधानन्यायाधीश पराजुलीले जो कोही होस् सभ्यतातर्फ उन्मुख हुनलाई अश्लिलता त्याग्नैपर्ने बताउनुभयो । उहाँले अर्काका बारेमा भ्रामक सूचना सम्प्रेषण हुन थालेको भन्दै राज्यलाई घचघचाउने संस्थालाई आफ्नो विशेषता आफै नगुमाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्षसमेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले बाल सुधार गृहलाई समय सापेक्ष आधुनिक र न्यायिक बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया