देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यमर्स्याङ्दी आयोजना १० दिन बन्द हुने

देशान्तर

काठमाडौं ।      ७० मेगावाट जडित क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको बायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि १० फागुनबाट बन्द गर्न लागिएको हो ।मध्यमर्स्याङ्दीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

तर यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीँ कतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले बताए ।कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो ।कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुने घिसिङले बताए ।

मध्यमस्र्याङदीको बाँधको वायाँतिरको भागमापानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षतिपुगेको र थपक्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।