काठमाडौं, फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न माग गरेको छ ।सो हत्याकाण्डमा मारिएकाको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमका सहभागीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लज्जाबोध गर्नुपर्ने भन्दै बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील गरेका छन ।
फ्लोरिडाको पार्कल्याण्डमा गरिएको श्रद्धाञ्जली समारोहमा सो विद्यालयका शिक्षक, विद्यार्थी र राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।
अमेरिकी राजनीतिक विश्लेषकहरु अमेरिकामा हत्या हिंसा अन्त्यका लागि बन्दुकको संस्कृति बन्द गर्नुपर्ने जिकीर गर्छन् ।अमेरिकी रिपब्लिकन पार्टीका नीति निर्माताहरु भने बन्दुकमाथिको प्रतिबन्ध तत्काल लगाउने पक्षमा छैनन् ।फ्लोरिडामा केही दिनअघि निकोलस क्रुज नामका किशोरले गोली हानी १७ जना विद्यार्थीको हत्या गरेका थिए ।
प्रतिक्रिया