काठमाडाैै । बौद्ध महायानी धर्मालम्बिहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होल्मो लगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत केहि हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउँदैछन् ।
सोनाम कृषि ल्होथो अर्थात पात्रो अनुसार मलमास परेकोले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकै दिन परेको छ । सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि तामाङ समुदायले आफुहरुको तिथी र पात्रो अनुसार नमिलेको भन्दै मनाएका थिएनन् । त्यसैले सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउदैछन् ।
आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पुजापाठ गर्ने, प्रसाद खाने, नयाँ वस्त्र लगाएर शुभकामना आदनप्रदान गर्ने, मिठा परिकार खाने तथा समुहीक नाचगान गरेर हर्सोउल्लासका साथ मनाउने गरिन्छ ।
यस्तै आफुभन्दा ठुलाबडासंग टिका ग्रहण गरी आर्शिवाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटि), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।
आज देखि ल्होछार मान्ने समुदायले कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष १ वटा जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यता अनुसार यो वर्ष चरा वर्षको बिदाई गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए ।
यसैबिच राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ ।
काठमाडौको तिनकुने कोटेश्वरमा आज र भोलि सांस्कृतिक महोत्सव हुँदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नेे ल्होछार मुल समारोह समितीका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।
उनका अनुसार औपचारिक कार्यक्रम शुरु हुनुअघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट सास्कृतिक झाँकीसहितको र्याली निकालिदैछ ।
प्रतिक्रिया