काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दैछन्। राष्ट्रका नाममा सम्बोधन गरी देउवाले प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकालबाट बिदा लिन लागेका हुन्।
टेक्स्ट् लाइभः
– मेरो चुनौतीपूर्ण कार्यकाल सफलतापूर्वक सम्पन्न।
– संविधान निर्माणपश्चात असन्तुष्टि व्यवस्थापन गरियो।
– सबैलाई सहभागी गराएर निर्वाचन सम्पन्न गर्ने मेरो सपना पूरा भएको छ।
– फास्ट ट्याक सेनाले बनाउँदैछ। मेलम्ची आउँदैछ।
– राष्ट्रिय स्वार्थ र जनताको हीतलाई धयान दिएर परराष्ट्र नीति संचालन गरिएको छ।
– भारत र चीनसँग सम्बन्धलाई सन्तुलित बनाइएको छ।
– भारत र चीनबाट भएका उच्चस्तरीय भ्रमणबाट सम्बन्ध नयाँ दिशामा अघि बढेको छ।
– मेरो कार्यकालमा संयुक्त राष्ट्रसंघमा नेपालको भूमिका र प्रभाव बिस्तार भएको छ।
– स्वदेशी र विदेशी लगानीमा वृद्धि भएको छ।
– स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृति नियन्त्रण गरिएको छ।
– सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्षबाट ६५ वर्ष बनाउँदा धेरैलाई लाभ हुने छ।
– भूकम्पपछि पुनर्निर्माणले तीब्रता पाएको छ।
– राजनीतिक संक्रमण सकिएको र आर्थिक समृद्धितर्फ अघि बढेको महसुस सबैले गरुन्।
– म आजै राजीनामा दिँदैछु।
– अब बन्ने सरकारले राष्ट्रको सर्वोपरी हीतमा काम गर्न सकोस्। शुभकामना।
प्रतिक्रिया