देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल विश्वकप छनोटमा, क्यानडा एक विकेटले पराजित

देशान्तर

काठमाडौं – नेपाल सन् २०१९ मा हुने एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनोट प्रतियोगितामा पुग्न सफल भएकाे छ।
नामिबियामा भएकाे आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेट अन्तर्गत अाफ्नाे पाँचौं तथा अन्तिम खेलमा क्यानडालाई एक विकेटले पराजित गरि नेपाल शीर्ष दुईस्थानमा रहन सफल भयो।

पाँच खेलपछि अाठ अ‌ंक भएकाे नेपाल शीर्ष स्थानमा रह्याे। यो नतिजापछि नेपालले अब चार वर्षका लागि एकदिवशिय अन्तर्राष्ट्रयकाे मान्यता पाउने सम्भावना पनि बढेको छ।

विश्वकप छनोटमा पुग्ने ६ मध्ये नेदरल्यान्ड्ससहित चार टोलीले एकदिवशिय मान्यता पाउने ब्यवस्था छ। तर विगतमा ६ वटा एसाेसिएट टोलीले एकदिवशिय अन्तर्राष्ट्रयकाे मान्यता पाउने गरेका थिए। त्यसैले बाँकी दुई टोलीका बारेमा अाईसिसीले केहि बताएको छैन। विश्वकप छनोट प्रतियोगितामा चार टेस्ट टाेलीसहित १० टाेली सहभागी हुनेछन्। त्यस प्रतियाेगिताबाट दुई टोेली विश्वकपमा पुग्नेछन्। नेपालले यसअघि सन् २०१५ काे एकदिवशिय विश्वकपका लागि पनि विश्वस्तरकाे छनोट खेलेकाे थियो।

क्यानडाविरुद्ध एक सय ९५ रनको लक्ष्य नेपालले ५० अाेभरमा नौ विकेट गुमाएर पुरा गर्‍याे। करन केसी र सन्दिप लामिछानेले १० आै‌ विकेटका लागि ५१ रनको साझेदारी गरेको थिए। करनले ३१ बलमा चार छक्का र तीन चाैकाकाे मदतमा ४२ बनाए। सन्दिपले ५ रन बनाए। नेपाललाई अन्तिम आेभरमा अाठ रन आवश्यक थियो।

नेपालका दिलिप नाथले ४१ , अारिफ शेखले २६ र राेहित पौडेलले २७ रन बनाए।

दिपेन्द्रसिंह एेरी १८ र शरद भेषावकर एक रन बनाए। उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए। कप्तान पारस खड्का गाेल्डेन डकअाउट भए । पहिलो विकेटका लागि २४ रनको साझेदारी गरेकाे नेपालले कुनै समय ७२ रन जोड्दा केवल दुई विकेट गुमाएकाे थियाे।

तर नाै रनको अन्तरमा तीन विकेट गुमाएपछि नेपाल संकटमा परेको थियो। अारिफ र रोहितबीच छैटौं विकेटका लागि ४६ रनको साझेदारी भएकाे थियो। एक सय ४२ रन जोड्दा ६ विकेट गुमाएकाे नेपालले फेरी दुई रनको अन्तरमा तीन विकेट गुमाएको थियो। करन केसी र सन्दिप लामिछानेले १० आै‌ विकेटका लागि रनको साझेदारी गरेको थिए।

सातौं अाेभरकाे पाँचौं र छैटौं बलमा नेपालले लगातार विकेट गुमाएको थियाे। दिलिप र दीपेन्द्रसिंह एेरीबीच तेस्नाे विकेटका लागि ४८ रनको साझेदारी भयाे।

यसअघि टस हारेपछि ब्याटिङकाे जिम्मा पाएको क्यानडाले निर्धारित ५० अाेभरमा ८ विकेट गुमाएर एक सय ९४ रन जोड्यो। नेपालका बलर बसन्त रेग्मीले तीन र सन्दिप लामिछानेले दुई विकेट लिए। करन केसी र शरद भेषावकरले एक एक विकेट हात पारे। क्यानडाका एक ब्याट्सम्यान रन अाउटकाे शिकार भए। क्यानडाका अाेपनर श्रीमान्था विजेरत्नाले शतक बनाए। उनले अविजित एक सय ३ रन जोडे। उनले एक सय ५२ बलमा ८ चाैका प्रहार गरे।

क्यानडाले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियाे। रुविन्दु गुनसेकेरालाई नाै रनमा अाउट गर्दै बसन्तले उक्त साझेदारी तोडेका थिए। क्यानडाले ५७ रन जाेड्दा सन्दिपले दाेस्रो विकेटका रुपमा कप्तान नितिस कुमारलाई पाँच रनमा अाउट गरे। क्यानडाले ६७ रन जाेड्दा सन्दिपले पाथिरानालाई दुई रनमा अाउट गरे। क्यानडाले ९० रन जाेड्दा बसन्तले धालिवाललाई ब्यक्तिगत चार रनमा अाउट गरे।

क्यानडाले एक सय ३१ रन जाेड्दा करनले पाँचाै‌ विकेटका रुपमा विकेटकिपर हाम्जा तारिकलाई २४ रन अाउट गरेका थिए। विजेरत्ना र तारिकबीच पाँचौं विकेटका लागि ४१ रनकाे साझेदारी भएकाे थियाे। बसन्तले १० आेभरमा ३४ रन दिए भने सन्दीपले नौ आेभरमा एक मेडन राखेर ४० रन दिए। पारसले सात अाेभरमा १६ रन दिए। सोमपाल कामीले नौ अाेभरमा एक मेडन राखेर ३८ रन खर्चिए। शरदले सात अोभरमा २१ रन दिए।

सन्दीपले प्रतियोगितामा १६ विकेट लिए। ६ टाेली सहभागी प्रतियाेगिताकाे शीर्ष दुई टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनाेटमा पुग्ने ब्यवस्था थियो।

पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएकाे नेपाल दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे। नेपालले तेस्राे खेलमा यूएईलाई चार विकेट र चौथाे खेलमा केन्यालाई तीन विकेटले हराएकाे थियाे।