काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन् ।
आफूले चाहेअनुसार पुनर्निर्माणलाई तीव्रता दिन नसकेको भन्दै प्रधानमन्त्री प्राधिकरण नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेको छन् । प्राधिकरण निर्देशक समितिका अध्यक्ष दाहालले पुनर्निर्माणले गति लिन नसक्नुका कारण पहिचान गरि।सकेको दावी गर्दै त्यस्ता अवरोध पन्छाएर अघि बढ्ने बताउन थालेका छन् ।
प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालका अनुसार ढिलासुस्ती, प्राधिकरण कर्मचारीको कमजोर इच्छाशक्ति र तदारुकताका कारण पुनर्निर्माणले गति लिन नसकेको हो । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया