काठमाडौं । सिन्धुपाल्चोकबाट ६ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो ६ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।
भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल हुँदै तेस्रो मुलुकमा अवैध सुन ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
तस्करले तरकारीको बोरा, गाडीको टायर तथा भरिया प्रयोग गरेर सुन तस्करी गर्ने गरेका छन् । सँधै सुन बोक्ने भरियामात्र पक्राउ पर्ने गरेका छन् । सुन तस्करको गिरोह उम्कने गरेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया