काठमाण्डौँ – एमाले सांसद तथा पूर्व्डिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ ।अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ ।
उनले बुझाएको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको पुष्टि भएसँगै उनलाई मुद्दा दायरको तयारी सुरु भएको छ । यही हप्ताभित्र सिलवालविरुद्ध मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसरले जनाएको छ ।
सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको प्रयोगशालाको रिपोर्टबाट समेत प्रस्ट भएको छ । त्यस्तै लोकसेवा आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा भएको कासमुसम्बन्धी फाइल समेत झिकाएर परिसरले अनुसन्धान गरेको थियो । सो क्रममा सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन र अन्य निकायमा भएको कार्यसम्पादन मूल्यांकन फरक परेपछि सिलवालले नै कीर्ते गरेको पुष्टि भएको निष्कर्ष प्रहरीले निकालेको हो ।
प्रतिक्रिया