देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

को–को बन्दैछन् कांग्रेसबाट समानुपातिक सांसद ? (सूचीसहित)

देशान्तर

काठमाडौँ । कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसदको सूची निर्वाचन आयोगमा सोमबार बुझाउने तयारी गरेका छन् । जितेका सिटमा समूह मिलाउने प्राविधिक तयारीले आइतबार बुझाउन नभ्याइएको ती दलले जनाएका छन् ।

समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६/६ सिट जितेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक रूपमा सूची टुंगो लागे पनि प्राविधिक ‘क्लस्टर’ मिलाउन बाँकी रहेको जानकारी दिए । ‘खालि प्राविधिक पक्ष मिलाएर बुझाउन बाँकी छ,’ शर्माले भने, ‘त्यसमा गृहकार्य जारी छ ।’ समानुपातिक सूचीको ‘क्लस्टर’मिलाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान डाकिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी कांग्रेसको कुल ७६ सांसद हुनेछन् । जसको ३३ प्रतिशत अर्थात् २६ महिला हुनुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभामा ६ जना महिला निर्वाचित भएकाले कांग्रेसले अब प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जना महिला पठाए पुग्छ ।

महिला कोटामा कांग्रेसले खसरआर्यबाट ६, दलित ३, आदिवासी जनजाति ६, मधेसी ३, थारू १ र मुस्लिम समुदायबाट १ महिला सहभागी गराउनुपर्ने छ । कांग्रेसको प्रत्यक्षमा २३ जना मात्रै निर्वाचत भएका कारण समानुपातिकमा २० जना पुरुष जान पाउने भएका छन् । जसमा खसरआर्य ६, आदिवासी जनजाति ५, दलित ३, मधेसी ३, मुस्लिम १, थारू १ र पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउने तयारी भइरहेको स्रोतले जनायो ।

मधेसी महिलाबाट मीनाक्षी झा लगातार तेस्रो पटक समानुपातिकमा पर्ने सम्भावना छ । पार्टी केन्द्रीय कार्यालयले अपवादबाहेक एक पटक समानुपातिक सुविधा लिइसकेकालाई नदोहोर्‍याउने भने पनि उनलाई ल्याउन कांग्रेस नेता विमलेन्द्र निधिको दबाब छ । कांग्रेसमा एक पटक समानुपातिक सुविधा लिइसकेका एक दर्जन बढी यस पटक पनि दोहोरिएका छन् ।

कांग्रेसको सम्भावित सूची

खसरआर्य (पुरुष)

बालकृष्ण खाँड
दिलेन्द्र बडु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

आदिवासी जनजाति
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा

दलित
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

मधेसी
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

महिला (खसरआर्य)
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

महिला (जनजाति)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
सुवर्ण ज्वारचन

महिला (दलित)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

महिला (मधेसी)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारू
पद्यमनारायण चौधरी

मुस्लिम
अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र
जयपति रोकाय