काठमाडौं २८, माघ ।
प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । भोलि विहान ८ बजे सपथ तय भएको छ ।
एमाले र माओवादीले आइतबार मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए ।
११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सांसद) छ । २३ सांसद रहेको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा पौडेललाई समर्थन गरेको छ ।
आइतबार नै साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेका छन् । भोलि विहान साढे ९ बजे सपथ राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए ।
पौडेलले प्रदेश प्रमुख कोइराला समक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनेछन् ।
लगतै साढे ११ बजे पदबहालीको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया