एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त तखारका विभिन्न जिल्लामा तालिवान आतङ्ककारीविरुद्ध गरिएको एक सुरक्षा कारबाहीको क्रममा एक प्रमुख कमाण्डरसहित आठको मृत्यु भएको छ । यस कारबाहीको क्रममा तालिबानको प्रमुख कमाण्डर मिर वालीसहित आठ आतङककारी मारिएका छन ।
सो प्रान्तका प्रहरी प्रवक्ता अब्दुल खालिल आसिरले सो कारबाहीको आइतबार जानकारी दिनुका साथै हताहतको पनि पुष्टि गरेका छन् । तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको वासिर खिल र दर्काद जिल्लामा समेत यस कारबाही जारी रहेको बताइएको छ ।
गत बिहीबारबाट सुरु गरिएको यस सुरक्षा कारबाहीमा एक दर्जनभन्दा बढी आतङ्ककारी घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । मिर वाली तखार प्रान्तको तालिवान आतङ्कारी समूहका कमाण्डर थिए । यस सुरक्षा कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया