काठमाडौं २७, माघ । चिया तात्तातै चिया पिउनुपर्छ भन्ने आम मानिसको धारणा छ । अझ जाडोमा त चियाको चुस्की लिनेहरुको सख्या बढि हुन्छ । अब चिया तातो तातो पिउने बानी त्याग्नुपर्ने देखिएको छ ।तातो चिया धेरै पिउँदा अन्ननलीको क्यान्सर हुने खतरा बढ्ने एक अध्ययनले देखाएको छ । यद्यपि, चियाका पारखीहरु नभएकाले भने यसमा चिन्ता लिनुपर्दैैन ।
बेइजिङस्थित पेकिङ विश्वविद्यालयका प्रोफेसरका अनुसार ‘ तातो चिया पिउँदा अन्ननली क्यान्सरको जोखिम बढी हुन्छ ।’
विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखाका अनुसार अन्ननलीको क्यान्सरबाट हरेक वर्ष लगभग ४ लाख मानिसको मृत्यु हुने गरेको छ ।अध्ययनका लागि शोधकर्ताहरुले चीनमा ३० देखि ७९ वर्षका ४ लाख ५६ हजार १५५ जनामा १० वर्षसम्म अध्ययन गरेका थिए ।
अध्ययनमा जसले एकदम तातो चिया पिउँछ, अरु व्यक्तिहरुको तुलनामा अन्ननलीको क्यान्सरको जोखिम पाँच गुणाभन्दा बढी हुन्छ ।धुमपान र मद्यपान दुबै अन्ननली क्यान्सरका कारक हुन् । अध्ययनकर्ताले तातो चिया, मदिरा र धुमपानबीच अन्ननली क्यान्सरको जोखिममा अन्तरसम्वन्ध रहेको पत्ता लगाएका छन् ।
प्रतिक्रिया