काठमाडौं २७, माघ । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।
बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोलाङ गाउँपालिका(३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
हराइरहेका तीनजना मध्य सचिव यादका छोरा संजय यादव र परिचय खुल्न नसकेको एकजना किशोरी रहेको घाइते चालकले जानकारी दिएको गजुरी प्रहरीले जनाएको छ । जिपमा अरु कोरको थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया