देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नामिबिया १३८ रनमै अलआउट, नेपालले जवाफी व्याटिङ गर्दै

देशान्तर

 

काठमाडौ २३, माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । विन्डहोकमा टस हारेर पहिलो व्याटिङको निम्तो पाएको निमिवियालाई पहिलो ओभरबाटै नेपालले दबाबमा राखेको थियो । नेपालले घरेलु टोली निमिवियालाई ३४.२ ओभरमा १३८ रनमा अलआउट गरेको हो ।
निमिवियाका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । ग्रिन र जान फ्राइलिंकले समान २२ रन जोडे । नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए ।
सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १–१ विकेट आफ्नो नाममा लेखाए । अहिले नेपालले जवाफि व्याटिङ गरिरहेको छ । नेपालबाट ओपनिङ व्याटसम्यानका रुपमा क्याप्टेन पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले व्याटिङ गरिहरहेको छ । यो समाचार तयार पार्दा सम्म ९ ओभरको खेल सकिदा नेपालले १९ रन बनाएको छ ।