काठमाडौं । नेपाली कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गबाट अघि बढ्ने बताएका छन । प्रेस युनियन झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले स्थानीय चुनावमा पार्टीले बेहोरेको हारलाई गम्भीर ढंगले लिएको बताउँदै पार्टी्भित्रका कमीकमजोरी हटाउँदै कांग्रेस नयाँ ढंगबाट अगाडि बढ्ने बताएका हुन् ।
‘जो बदलिन्छन तिनले नेतृत्व लिन्छन्’ शर्माले भाने ‘जो बदलिदैनन्, तिनले बिश्राम लिन्छन् ।’ कांग्रेस भित्र रुपान्तरण सुरु भइसकेको बताउँदै शर्माले देश विकासका लागि समग्र राजनीतिकै रुपान्तरण आवस्यक रहेको बताएका छन् ।
नयाँ सरकार आउनका लागि प्रधानमन्त्री देउवाले किन राजीनामा नदिएको भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता शर्माले अब बन्ने नयाँ सरकारकका लागि वर्तमान प्रधानमन्त्रीले राजीनामा दिइरहनु नपर्ने र चुनावका सम्पूर्ण परिणाम आइसकेपछि स्वतः नयाँ प्रधानमन्त्रीको बाटो खुल्ला भइसकेको जवाफ दिए ।
प्रतिक्रिया