देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्द माओवादी बन्दको प्रभाव : काठमाडौंमा आवतजावत सामान्य

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि गाडीको आवतजावत सामान्य छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको आह्वान गर्दा अन्यौल बढे पनि सवारी साधन निर्वाध चलिरहेका छन्। यसैबीच प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ। यद्यपी बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन्।

यसैबीच बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहका अनुसार राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजेतिर उनीहरु पक्राउ परेका हुन्। शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् ।

उनका अनुसार हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटना हुन दिइएको छैन । बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपानाइएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माओवादीका जनवर्गीय संगठनले बुधवार उपत्यका बन्दको घोषणा गरेको थियो।

]]>