सल्यान र नवलपरासीमा भएको सवारी दुर्घटनमा परी ३ जनाको मृत्यु भएको छ ।
सल्यानको कपुरकोट गाउपालिका वडा नम्बर ३ मा गएराति ब्रेक फेल भएर ट्रिपर दुर्घटना हुदा चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दाङबाट पूर्वी रुकुम जाँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर दुर्घटना हुदा बाकेको कोहलपुर नगरपालिका १ निवासी चालक २७ वर्षिय ज्ञानकुमार वोहोरा र सहचालक डोटी घर भएका २२ वर्षका रमेश पुन मगरको मृत्यु भएको हो । ट्रिपर सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
यसैगरी नवलपरासीको बर्दघाट नगरपालिका –२, चिसापानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा सडक डिभिजन कार्यालय बुटवलका सब–इन्जिनियरको मृत्यु भएको छ । गएराति १ बजे ना ६ ख ४७९८ नम्बरको ट्रकले लु १ ब ११२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ बेनीघाट घर भई सडक डिभिजन कार्यालय बुटवल मार्फत बर्दघाट साइटमा कार्यरत २७ वर्षीय रमेश सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया