देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफबीआईले शक्तिको दुरुपयोग गरेको अमेरिकी कांग्रेसको आरोप

देशान्तर

एजेन्सी ।राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको बारेमा अनुसन्धान गरिरहेको एफबीआई माथि शक्तिको दुरुपयोग गरेको अमेरिकी कांग्रेसले आरोप लगाएको छ ।
कंग्रेसले एउटा टिपोट सार्वजनिक गर्दै संघीय अनुसन्धान ब्युरो एफबीआइले मूख्य तथ्यहरु हटाएको दाबी गरेको छ ।
टिपोट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि केन्द्रित छ।
उनलाई सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा राखिएको थियो । सार्वजनिक गरिएको टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न शक्ति प्रयोग गरेको आरोप लगाइएको छ ।

तर ट्रम्पको चुनावी अभियान र रुसबीच साँठगाँठ रहेको आरोपबारे एफबीआईले छानविन गरिरहँदा कांग्रेसमा टिपोट सार्वजनिक गरिनु अनुसन्धानलाई अविश्वशनीय बनाउने “लाजमर्दो प्रयास“ भएको डेमोक्र्याट पार्टीले टिप्पणी गरेको छ ।