देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाँडियो वाम गठबन्धन र मधेसी दलबीचको सहमति

देशान्तर

काठमाडौं । वाम गठबन्धन र मधेसकेन्द्रित दलबीच नजिकिँदै गएको दूरी सैद्धान्तिक सहमतिपछि अविश्वासमा परिणत भएको छ । दुवै पक्षबीच संविधान संशोधन गर्ने सैद्धान्तिक सहमतिपछि लिखित सहमतिपत्रमा हस्ताक्षर हुनै लाग्दा भाँडिएकाले पछिल्लोपटक नजिकिँदै गएको दूरी अविश्वासमा परिणत भएको हो ।

गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्रका नेताहरू र संघीय समाजवादी फोरम र राजपाका नेताहरूबीच माघको पहिलो साता निर्णायक छलफल भएको थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा तालमेल गर्ने, संविधान संशोधन गर्ने र गठबन्धन सरकार बनाउने गरी भएको छलफल कुन विषयमा संविधान संशोधन गर्ने भन्ने निष्कर्षमा नपुग्दा भाँडिएको हो । वार्ता भाँडिएलगत्तै मधेसकेन्द्रित दलले कांग्रेससँग तालमेल गरेर प्रदेश २ मा उम्मेदवार उठाउने समझदारी गरेका थिए । एमालेबाट वाम कार्यदलका नेता सुवास नेम्बाङ, रामबहादुर थापा बादल, नेता अग्नि खरेलसहित कार्यदलका सदस्यहरू तथा मधेसकेन्द्रित दलबाट महन्थ ठाकुरलगायतका नेता छलफलमा सहभागी थिए ।

एमाले नेता अग्नि खरेलले सैद्धान्तिक सहमति भाँडिएको जानकारी दिए । ‘हामीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको बाटोमा बढ्न सक्छौँ भन्ने कुरा मस्यौदामा राखेर समझदारी गर्न सकिन्छ भनेका थियौँ’ खरेलले भने । नयाँ पत्रिकामा समाचार छ ।