सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आह्वान गरेको जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला पूर्व निर्धा्रित समयमा नहुने भएको छ ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आज विज्ञप्ती जारी गरेर माघ अन्तिम साताका लागि बोलाइएको जिल्ला अध्यक्षहरुको बैठक फागुन तेस्रो सातासम्मका लागि सारिएको जानकारी दिनुभयो ।
तरुण दलका जिल्ला अध्यक्ष एवम् विदेश शाखा अध्यक्षहरुको प्रशिक्षण कार्यक्रम विविध कारणवश फागुनको तेस्रो हप्तासम्मका लागि सारिएको विज्ञप्तीमा उल्लेख छ ।
तरुण दलले यसअघि माघ २८, २९ र फागुन ०१ गते भक्तपुरको नगरकोटमा राष्ट्रिय भेला डाकेको थियो ।
प्रतिक्रिया