देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई कर्मचारी विरुद्ध मुद्दा दायर

देशान्तर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा नगेन्द्रप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग रु दुई लाख ३४ हजार घुस लिँदालिँदै पक्राउ परेको आरोप लागेका नायब सुब्बा गौतमका विरुद्ध आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजाय माग गरेको प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यसैगरी आयोगले आजै काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत विभागका इञ्जिनियर सुशील चापागार्इंविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले केही दिन पहिले रु १० हजार घुससहित इञ्जिनियर गौतमलाई पक्राउ गरेको थियो ।