पदम कार्की
ओखलढुंगा । स्थानिय चुनावका बेलामा मतदाता समक्ष जनाएका प्रतिवद्धता अक्षरस पूरा गर्नका लागि चम्पादेवि गाउँपालिकाका प्रमुख नवराज केसीले सुरु गरेका छन् । टोलटोलमा सडक, घरघरमा धारा चम्पादेवि गाउँपालिकाका सबै घर उज्यालो भन्ने नारालाई अहिले व्यवहारमा लागु गर्ने केसीले सुरु गरेका छन् ।
केसीले टोलटोलमा सडक पराउनका लागि अहिले गाउँपालिकाका १० वटै वडामा सडक सन्जाल विस्तार गर्ने काम भईरहेको छ । गाउँपालिका बाट भाँगे पुनटार पालपु, पालापु आलेगाउँ खोलापारी, पलापु मन्टुडाँडा, जौखोरिया सिलु साइदुवा, फलाटे फेदिगुठ, डाक्घर खाल्टे, सौरेनी स्कुलडाँडा सौरेनी भन्ज्याङ, रानिवान मोरिया, र शेरा देविटार सडक निर्माण कार्य सम्पन्न भएका छन । डाँडागाउँ विलन्दु, ढिकुरे वोराडाँडा, भदौरे डडुवा चिप्लिङ हुदै गाउँपालिका, विलन्दु चित्रे ढँवाङढवागे, गाउँपालिका भाँगे चित्र टाउके च्यानडाँडा फुलवारी, रानिवन भैसे, रानिवन भिमसेनथान नरकटे लामिडाँडा र घोराखोरी ठाँटि जलकिनी नपलपुर सडक निर्माणधिन अवस्थामा रहेका छन ।
त्यसैगरि चुनावमा गरेको घर घरमा धारा भन्ने प्रतिवद्धता पूरा गर्नका लागि गाउँपालिकाका १, २, ३, ५ र १० वडामा बृहत खानेपानी आयोजनाहरु संचालन भईरहेका छन । गाउँपालिका स्तरीय पलापुमा भलिवल खेल, गाउँपालिकाबाट घोराखोरी सम्म म्यारथुन, गाउँपालिकामा लोकदोहोरी, घोराखोरीमा म्युजिकल चियर, एथ्लेटिक खेल लगाएतका कार्यक्रमहरु फागुन ७ गते देखि खेलकुद सप्ताह कार्यक्रम संचालन हुने चम्पादेवि गाउँपालिकाका कार्यकारी अधिकृत भीमप्रसाद दाहालले जानकारी दिए ।
श्री चम्पादेवि ककनी पुर्वधार विकास अन्तर्गत खानिगाउँ माँझखर्क ककनी तिनलले तालखर्क पदमार्ग निर्माणधिन अवस्थामा रहेको छ । असाय, एकल र बृद्धहरु २३ सय जनालाई दोसला ओडाएर सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । चम्पादेवि गाउँपालिकामा भएका खेति योग्य जमिनहरुको सम्भाव्यता अध्यायन गरी एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्ने बताइएको छ । सम्भाव्यता अध्यायन गरेका पकेट क्षेत्रहरुमा चालु आर्थिक बर्षमा कपास खेति, लिचि, केरा लगायतका व्यवसायिक खेतिहरु संचालन हुने भएका छन । रोजगारीका लागि युवाहरु खाँडि मुलक जानु पर्ने अवस्था रहेको हुँदा युवाहरुलाई स्वरोजगार बनाउनका लागि विभिन्न व्यवसायिक खेति संचालन गरी नमुना गाउँपालिका बनाउने उद्धेश्य रहेको गाउँपालिका प्रमुख केसिले बताए विकासको पहिलो खुड्किला सडक भएकाले सडकहरुलाई स्तर उन्नति गर्ने र सडक नपुगेको ठाउँहरुमा सडक संजाल विस्तार गर्ने कार्य भईरहेको चम्पादेवि गाउँपालिकाका प्रमुख नवराज केसीले बताए । सडक सँगसगै विद्युत खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगाएतका विकास निर्माणका कामहरु क्रमागत रुपमा अघि बढिरहेको प्रमुख केसीले बताए ।
चम्पादेवि गाउँपालिकालाई सुन्दर, समृद्ध र शुसासित गाउँपालिका निर्माण गर्न सबै वडाका वडा अध्यक्ष सदस्य लगाएत सरोकारवालाहरुलाई सकृय रुपमा विकास निर्माणका कार्यमा लागि पर्न गाउँपालिका प्रमुख केसी अनुरोध गरेका छन । चम्पादेवि गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को प्रथम ऐतिहासिक गाउँसभाले सडकको लागि करिव ९ करोड ५५ लाख, कृषि, उद्योग, कृषि सहकारी र बाणिज्य तर्फ १५ लाख ५० हजार, ठुला तथा साना खानेपानी आयोजना तर्फ १ करोड ३० लाख, बातावरण तथा विपत्त व्यवस्थापन तफ १ करोड ८७ लाख, सिचाई तफ ५० लाख, भवन तथा विद्युत तर्फ २ करोड २३ लाख, संचार तर्फ ३ लाख, धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षण तर्फ ४० लाख, लक्षित बर्ग तर्फ १५ लाख, शिक्षा तर्फ १० लाख, स्वास्थ्य तर्फ २७ लाख २४ हजार, युवा कार्यक्रम तर्फ २० लाख, सामान्य सेवा तर्फ २० लाख, शुसासन प्रवद्र्धनका लागि १७ लाख ७५ हजार लगाएतका योजनाहरुमा बजेट विनियोजना गरिएको छ ।
प्रतिक्रिया