काठमाडौं – राष्ट्रियसभा चुनावमा कांग्रेसलाई समर्थन गरेको विवेकशील साझा पार्टीले पार्टीलाई नभई व्यक्तिलाई समर्थन गरेको जनाएको छ । राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेसका प्रदेश नम्बर ३ का उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गरेपछि विवेकशीलको चर्को आलोचना भएको थियो ।
विवेकशिल साझाले राष्ट्रियसभामा अघि सारिएका उम्मेदवारमध्ये राम्रो छवि, अनुभव र प्रवुद्धताका आधारमा अधिकारी सक्षम रहेको र राष्ट्रियसभामा जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता रहेकोले उहाँलाई समर्थन गरेको स्पष्ट पारेको छ ।
वाम गठबन्धनका भन्दा नेपाली कांग्रेसका उम्मेदवार योग्य भएकाले योग्यताका आधारमा अधिकारीलाई समर्थन गरेको विवेशील साझाले जनाएको छ ।
प्रतिक्रिया