काठमाडौ ।
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि भोलिबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागू हुनेछ ।
आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ । यस्तै, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ ।
सार्वजनिक संस्थाका प्रमुख तथा कर्मचारी, नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका कार्यालयका प्रमुख तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ । सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचरी तथा राजनीतिक दल तथा भातृ संगठनलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया