देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मालिका केशरीको सुवर्णलता सार्वजनिक

देशान्तर

काठमाडौं । युवा उपन्यासकार मालिका केशरीद्वारा लिखित सुवर्णलता सार्वजनिक गरिएको छ । सोमवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपन्यास सुवर्णलताको साहित्यकार सरुभक्त र प्राज्ञ गीता केशरीले विमोचन गरे ।

उपन्यासको वारेमा बोल्दै सरुभक्तले भने नारी प्रधान भएर लेखिएको उपन्यासको संख्या थोरै रहेको अवस्थामा यस्ता पुस्तकले नेपाली साहित्यको भण्डार भर्ने विश्वास गरे । उपन्यासले नेपाली नारीको वर्तमान र विगतलाई बहुतै मार्मिक तवबरबाट ब्यख्या गरेको बताए ।

पुस्तकका बारेमा बोल्दै गीता केशरीले भने – ‘उपन्यासले बुद्ध र बौद्ध दर्शनलाई लेखकले कथात्मक तवरबाट देखाएका छन् ।’ उनले यस्ता उपन्यासले समाजलाई नयाँ गन्तब्यतर्फ लैजाने विश्वास गरे । उपन्यासमा जीवनको भोगाई, आकांक्षा र पीडा देखाइएको छ । उपन्यासमा बुद्धकालिन र वर्तमान समयमा नारीको सामाजिक र पारिवारिक अवस्थालाई तुलना गरिएको छ । साङ्ग्रिला पुस्तक प्रा.लि. ले प्रकाशित गरेको उपन्यासका वीसवटा खण्ड छन् । २७१ पृष्ठको उपन्यास सुवर्णलताको मूल्य रु.३७५ छ ।

उपन्यासकार केशरीको यसअघि पुनरुत्थान उपन्यास प्रकाशित छ । जसमा माओवादीले १० वर्ष चलाएको संशस्त्र द्वन्द्वमा राज्य पक्ष र सशस्त्र विद्रोही पक्षद्वारा उत्पीडनमा परेका नेपाली जनताको यथार्थ चित्रण गरिएको थियो ।