देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजतन्त्र ब्यूँताउन को को सक्रिय ?

देशान्तर

काठमाडौं । संविधान कार्यान्वयनमा दलहरू उदासीन बनेको मौका छोपेर मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेका छन् । त्यस्ता तत्वहरूले वर्तमान समयमा दलहरूबीच चुलिएको तिक्तता, विशेषगरी सत्तापक्ष र प्रतिपक्षका बीचमा बढिरहेको दुरीको मौका छोपी विभिन्न षड्यन्त्रको तानाबाना बुनिरहेको प्रमाणहरू एकपछि अर्को गर्दै उजागर हुन थालेका छन् । यस्ता तत्वहरूले कसरी हुन्छ दलहरूबीचको दुरीलाई अझ फराकिलो बनाउने र संविधान कार्यान्वयनको प्रयासलाई हरसम्भव विफल बनाउने रणनीति लिएको बुझिन्छ । २०७४ माघ ७ भित्र संविधानमा निर्दिष्ट कुनै पनि चुनाव हुन नदिने र अन्ततोगत्वा मुलुकभित्र संवैधानिक शून्यताको अवस्था सिर्जना गराई आफ्नो अस्तित्व ब्यूँताउने  ‘ग्रान्ड डिजाइन’ अन्तर्गत त्यस्ता तत्वहरूले गतिविधिहरू सञ्चालन गरिरहेका छन् । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्रका गतिविधि र भनाइहरूले यसैलाई पुष्टि गरेको जानकारहरू बताउँछन् । 

ज्ञानेन्द्र शाह कुनै पनि हालतमा राजतन्त्र ब्यँुत्याउनुपर्ने भन्दै आफूलाई त्यही लक्ष्य अनुरूप सक्रिय बनाइरहेका छन् । सूत्रका अनुसार यसमा उनलाई सहयोग गर्ने एउटा उच्चस्तरको समूह नै यतिबेला सक्रिय रहेको छ । उक्त समूहको संयोजन हवाई उडड्यन व्यवसायी सुरेन्द्रबहादुर बस्नेतले गरिरहेको स्रोत बताउँछ । बस्नेतको संयोजनमा बनेको उक्त समूहले राजतन्त्र ब्यँुत्याउनका लागि अनेकौं योजनाहरू तर्जुमा गर्ने, पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिने, राजनीतिक दलहरूभित्र राजतन्त्रप्रति झुकाव भएकाहरूलाई परिचालन गर्ने लगायतका काम गरिरहेको बताइन्छ । जानकार सूत्रका अनुसार उक्त समूहको एक प्रमुख सदस्य सेनापति राजेन्द्र क्षेत्री पनि हुन् । क्षेत्री समूहको बैठकमा उपस्थित हुने र राजतन्त्र व्युत्याउने माहोल सिर्जना गर्न भावी योजना बनाउन सहयोग गरिरहेको स्रोतले बतायो । क्षेत्रीले अन्य सुरक्षा अंगमा समेत आफूहरूको मिसनलाई सहयोग गर्नेहरूलाई प्रोत्साहन गरिरहेका छन् । आगामी फागुन २ गतेदेखि नेपाल प्रहरीको प्रमुख फेरिँदै छन् । त्यतिबेला राजतन्त्रप्रति सद्भाव राख्ने व्यक्तिलाई प्रहरी प्रमुख बनाउने गरी क्षेत्रीले चलखेल सुरु गरेको स्रोत बताउँछ ।

त्यस्तै समूहका अर्का सदस्य हुन् कूटनीतिज्ञ भेषबहादुर थापा । उनले राजतन्त्र फर्काउन अन्तर्राष्ट्रिय माहोल कसरी मिलाउन सकिन्छ, विशेषगरी छिमेकी मुलुक भारत र चीनमा रहेका आफ्ना नजिकका कूटनीतिक मित्रहरू यसबारेमा संवाद गर्दै अन्तर्राष्ट्रिय माहोल सकारात्मक बनाउन भूमिका खेलिरहेका छन् । उनकै सल्लाहबमोजिम ज्ञानेन्द्र केही समयअघि चीन भ्रमणमा गएको र चीनलाई आफ्नो पक्षमा पार्नका लागि ज्ञानेन्द्रले कसरी कुरा राख्ने भन्नेसम्मको खाका थापाले बनाएका थिए । त्यस्तै यतिबेला ज्ञानेन्द्र उनकै सल्लाह र सूत्रलाई प्रयोग गर्दै बुहारी हिमानीसहित भारत भ्रमणमा गएका छन् । 

यो उच्चस्तरीय समूहले दलहरूका नेताहरूसँग पनि संवाद बढाइरहेको स्रोत बताउछ । नेपाली कांग्रेसभित्र खुमबहादुर खड्का, केबी गुरुङ, गोविन्दराज जोशीजस्ता संवैधानिक राजतन्त्रका पक्षधरहरूलाई यो समूहले सहयोग गरिरहेका छन् भने एमाले भित्र पनि गोकर्ण विष्टको नेतृत्वमा गोप्य रूपमा एउटा समूह नै सक्रिय रहेको स्रोतले बतायो । एमालेमा युवा नेताको रूपमा परिचित विष्टको सुरेन्द्रबहादुर बस्नेतसँग निकै घनिष्ट सम्बन्ध छ । बस्नेतकै इशारामा विष्टले एमालेभित्र राजतन्त्रको बारेमा सकारात्मक माहोल बनाइरहेको स्रोतको दाबी छ । त्यस्तै माओवादीमा टोपबहादुर रायमाझी, विप्लवलगायतका नेताहरूसँग यो समूहका सदस्यहरूले नियमित रूपमा सम्पर्क गरिरहेका छन् । यही समूहको सल्लाहबमोजिम केही दिनअघि ज्ञानेन्द्रले बिना प्रसंग एक विज्ञप्ति जारी गरेर दलहरूलाई गाली गर्ने र अप्रत्यक्ष रूपमा जनतालाई आफ्नो पक्षमा सडकमा आउन आह्वान गरेका थिए । खड्का, गुरुङ, विष्ट, रायमाझीलगायतका नेताहरूले ज्ञानेन्द्रको विज्ञप्तिको बचाव गर्नुलाई संयोग मात्र मान्न सकिदैन ।  

 

]]>