काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी सुरु भएको छ ।
प्रदेशसभा सदस्यको भोलि बिहान शपथ गराउनेगरी प्रदेश प्रमुखहरु आज आआफ्नो कार्यस्थल पुग्दैछन् । निर्वाचन आयोगले हिजो नै प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य चुनावको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझेलगत्तै प्रदेश प्रमुखहरू आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा जुटेका हुन् ।
आयोगले आउँदो २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि भोलि नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।
त्यसैले भोलि बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ गराउने तयारी छ । प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ ।
प्रतिक्रिया