देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘निर्वाचनमा हारको जस–अपजसको भागिदार देउवाले लिनुपर्छ’: गुरुराज घिमिरे

देशान्तर

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांगेसलाई आन्तरिक रुपबाट कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रिय समितिमा छलफल भएको बताउन्ुभएको छ । देशान्तर सम्वादसँग कुरा गर्दै नेता घिमिरेले आगामी दिनमा देखा पर्ने चुनौतिको सामना गर्न सक्ने कांग्रेस कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको बताउनुभयो ।
“अहिलेको अन्यौल र छटपटीबाट कार्यकर्तालाई कसरी मुक्त बनाउने र समग्र रुपमा पार्टीलाई अहिलेको संकटबाट कसरी मुक्त गराउने भन्ने विषयमा छलफल भएको छ ।” घिमिरेले भन्नुभयो।
केन्द्रिय सदस्यहरुले पार्टीको पराजयको दोष सबै सभापति शेरबहादुर देउवाले लिनुपर्छ भन्ने कुरा नभै नेतृत्व लिएको नाताले जस र अपजसको भागिदार हुनुपर्छ भन्ने कुरा गरिएको घिमिरेले बताउनुभयो ।
कतिपय कामहरु शीर्ष नेताहरुका बिचको सहमतिमा हुने गरेको र त्यस्ता सहमति विधान विपरितसमेत गरिएकाले त्यस विषयमा ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

विधान विपरित गठन गरिएको संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटनको माग केन्द्रिय सदस्यहरुले गरेको उहाँले जानकारी दिुनभयो ।
हिजो बसिएको केन्द्रिय समितिको बैठकको मूल एजेण्डा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भए पनि अन्य विषयहरु उठान भएको उहाले बताउनुभयो ।

केन्द्रिय समितिमा हारको बारेमा व्यापक समिक्षा गरेर महासमिति बैठक बोलाएर विधान सशोधन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको घिमिरेले बताउनुभयो । नेपाली कांगेसको बिहीबार देखी सुरु भएको केन्द्रिय समितिका बैठक आज बिहान ११ बजेबाट पुनः बस्दैछ ।