देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाङ र धनकुटा बन्दले जनजीवन प्रभावित

देशान्तर

काठमाडाैं । पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउन माग गर्दै जिल्लाबासीले आजदेखि अनिश्चितकालीन दाङ बन्द गरेका छन् ।

प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् । बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

दाङखण्डमा पर्ने पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् । शिक्षण संस्था पनि खुलेका छैनन् । त्यस्तै प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् ।

मंगलबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले बुधबार बिहानैदेखि बन्द गरेका हुन् । बन्दकर्ताले संखुवासभाबाट धरानका लागि छुटेको एक मोटरसाइकल तोेडफोड गरेका छन् ।

बन्दकर्ताले को २६ प ५६११ नम्बरको पल्सर मोटरसाइकल रोकेर तोडफोड गरेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । प्रादेशिक राजधानीको माग गर्दै धनकुटा बासिन्दाले ३४ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।