देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंको भित्री सडकमा चारपाङ्ग्रे सवारी निषेध

देशान्तर

काठमाडौंको भित्री सडकमा आजदेखि लागू हुने भनिएको चारपाङ्ग्रे सवारी प्रवेश निषेध कार्यान्वयनमा आउन अझै केही दिन लाग्ने भएको छ । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा भित्री सडकमा सवारी निषेध अभियान सुरु गर्न लागिएको हो ।

सडकमा आवश्यक पर्ने ट्राफिक संकेत व्यवस्थापन नभएका कारण निर्णय कार्यान्वयनमा नआएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रञ्जितकारले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, १८, १९, २२, २४, २५ र २७ मा पर्ने भित्री सडकमा चारपाङ्ग्रे सवारी रोक लगाउन लागेको लागिएको थियो ।

नयाँ व्यवस्था अनुसार नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा बाङ्गेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटी हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाइने छ । अहिले यस क्षेत्रमा ट्राफिक संकेत राख्ने काम भइरहेको बताइएको छ ।