लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ ।
जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।
मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा खुल्न सकेको छैन ।
केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुक मार्फत् ९ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । घटनामा परी घाइते भएकाहरुको संख्याका बारेमापनेि स्पष्ट जानकारी आएको छैन ।
प्रतिक्रिया