माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीच भएको एकताबाट पछि नहट्ने बताउनुभएको छ ।
कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको भन्दै अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताताउनुभयो ।
आज तारेभीर महोत्सवको उद्घाटन गर्दै दाहालले जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाउनु पर्ने र विकास निर्माणको युग सुरु गर्नु पर्ने बताउनुभयो ।
दाहालले भन्नुभयो एमाले अध्यक्ष केपी ओली र मैले हामी कुनै पनि मूल्यमा पछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेका छौं । उहाले ७० वर्षपछि स्थायी सरकार बन्न लागेको भन्दै नयाँ सरकार बनेसँगै विकासले गति लिनपनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया